काठमाण्डौ । आईपीओ निष्कासनको विशेष प्रस्तावसहित सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डोकेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । कम्पनीले आउँदो माघ २४ गते शुक्रबार काठमाण्डौको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

साधारणसभामा सर्वसाधारणका लागि साधार सेयर निष्कासन (आईपीओ) जारी गर्ने मुख्य प्रस्ताव पारित हुनेछ । आईपीओ जारी गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न कालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

सभामा वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछ ।