काठमाण्डौ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि शनिबार हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार समाज लघुवित्तको आईपीओमा १४८.८९ गुणा बढी आवेदन परेको छ। लघुवित्तको आईपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। यो हिसाबले १० कित्ताको दरले ८ हजार ७० जना आवेदकले मात्र पाउने देखिन्छ भने ५ लाख ५८ हजार ४०३ आवेदकको हात भने खाली हुनेछ।  

यो लघुवित्तले गते भदौ ४ गते ८ गतेदेखि १०० रुपैयाँ अंकित दरका ८६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा कर्मचारीलाई र  सामूहिक लगानी कोषलाई छुट्याएपछि सर्वसाधारणले ८० हजार ७०० कित्ता सेयरमा आवेदन दिएका थिए।

एकैदिन निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ भने सोमबारसम्म बाँडफाँड भनिएको छ। अन्तिम डाटा भेरिफिकेसनको काम शुक्रबारसम्म सम्पन्न पूरा हुने र आइतबार वा सोमबारसम्म सेयर बाँडफाँड गर्ने तयारी रहेको धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। 

रिलायन्सले ५६ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा ६ लाख ६ हजार ३३१ जना आवेदकले २ करोड ४१ लख ३१ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन्।

गत भदौ ३ गतेदेखि ७ गतेसम्म निष्कासित लिवर्टी इनर्जीको आईपीओ सोमबारसम्म बाँडफाँड गर्ने तयारी भइरहेको धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार  योग्य आवेदक १ लाख ९३ हजार १३८ जनाले ७३ लाख ६१ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओमा २०  कित्ता आवेदन दिने सबैले सेयर पाउने र ५० देखि ६० कित्ता आवेदन दिनेलाई ३० कित्ता पाउने क्यापिटलले जनाएको छ।

लिवर्टीले रु १०० अंकित दरका कुल ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ बिक्री गरेको थियो।