काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७६.२५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ६ करोड ६ लाख रुपैयाँ बढी कमाउन सफल भएको हो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ३६ करोड ९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष २५ करोड ८९ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाको सञ्चालन मुनाफा १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाले १० अर्ब ९२ करोड रुपैयाँ सापटी लिई ८ अर्ब १४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ८ अर्ब ८७ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

संस्थाले रिजर्बको आकारमा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष २३ करोड ७३ लाख रुपैयाँको रहेको संस्थाको रिजर्बको आकार समीक्षा अवधिमा बढेर २८ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा ०.०८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको खराब कर्जा ०.०५ प्रतिशत रहेको थियो । संस्थाको खराब कर्जामा ०.०३ प्रतिशतले बढेको देखिएको छ ।

संस्थाको क्यापिटल एडेक्वेसी रेसियो १२.५५ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ९.२३ प्रतिशत र सीडी रेसियो ७१.७७ प्रतिशत रहेको छ ।

संस्थाले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ११.९३ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।