काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै संस्थाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्दै सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।