काठमाण्डौ । आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तिजलाई लक्षित गरी ‘टिकटक च्यालेन्ज’ प्रतियोगिता गर्ने घोषणा गरेको छ। 

आज साउन २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भदौ ६ गतेसम्ममा अपलोड गरिसक्नुपर्नेछ। 

टिकटक च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले रु. २०० को टपअप पाउनेछन् भने १ जना भाग्यशाली विजेताले नगद पुरस्कार रु. १५ हजार जित्ने मौका पाउनेछन्। 

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको छ।