काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । 

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस लिमिटेड संचालनमा आउन लागेको हो । 

यसको अधिकृत पूँजी ३० करोड छ भने चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले जानकारी दिए ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय संचालन गर्नेछ । 

संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।