काठमाण्डौ । धितोपत्र बोर्डबाट जारी नयाँ निर्देशिकाले तोकेको मापदण्ड अनुसार प्रिमियर इन्स्योरेन्सले एफपीओ जारी गर्ने भएको छ । 

यो बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूूल्यमा ७ सय ९५ प्रिमियम थपी प्रति कित्ता ८९५ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको हो । 

यसअघि यो बिमा कम्पनीले १ हजार ४ रुपैयाँ प्रतिकित्ताको दरले एफपीओको मूल्य तोकेको थियो । तर बोर्डको नयाँ निर्देशिकाका कारण मूल्य घटाउनुपरेको हो । 

प्रिमियरको जेठ २१ गते बसेको संचालक समिति बैठकले एफपीओ निश्कासनको निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जमा जारी सूचनामा उल्लेख छ । 

एफपीओपछि ६ करोड ६० लाखको हाराहारीमा चुक्तापूँजी बढ्नेछ भने ५२ करोड ४३ लाख बढी रकम सञ्चित कोषमा जम्मा हुनेछ । 

एफपीओपछि यो बिमा कम्पनीमा संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ५१ः४९ कायम हुनेछ । एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल मार्केट लिमीटेड रहेको छ ।