काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासनको अनुुमति दिएको छ । 

बोर्डले यो हाइड्रो डेभलपर कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरको कुल ३ करोड ९० लाख मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । 
इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्थामा आधारभूत भन्दा कमजोर रहेको भन्ने हो । 

यो हाइड्रो डेभलपर कम्पनीले दोलखामा ३.५२ मेगावाटको चरणवती हाइड्रोइलेक्टिक प्रोजेक्ट निर्माण गरेको छ । यो कम्पनीले यसअघि २ करोड ६० लाख मूल्यको आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । 

आइपीओपछि कम्पनीको चुक्तापुँजी २६ करोडको उचाईमा पुुग्नेछ भने संस्थापक-आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण लगानीकर्ताको सेयर स्वामित्व संरचना ७५-१०-१५ प्रतिशतमा रुपान्तरण हुनेछ ।