काठमाण्डौ । क्यान २०२० मा यस प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ ।

यस अफरअन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट + टिभीको विशेष अफर दिने जनाएको छ । यसैगरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने बताएको छ । 

यस अवधिमा स्टलमा आउने ग्राहकहरु मध्ये लक्की ड्र पनि हुनेछ, लक्की ड्रमा दैनिक पुरस्कारका साथ विशेष बम्पर पुरस्कार पाउने मौका ग्राहकहरुलाई प्रदान गरिने बताइएको छ ।