काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको आकर्षक लाभांश अनुमोदन गर्नेछ ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ । 

लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लाभांशको भागिदार र साधारणसभामा भाग लिन योग्य हुन पुस ३ गतेसम्म बैंकको सेयरधनी कायम भइसक्नुपर्नेछ ।