काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ७८ करोड ६० लाख ३४ हजार ९१२.११ रुपैयाँको कुल २८.६८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रस्तावित लाभांशमा २७.२५ प्रतिशतले हुन आउने २१ करोड ४१ लाख ९४ हजार ५१३.५५ रुपैयाँबराबरको बोनस सेयर र १.४३ प्रतिशतले हुन आउने १ करोड १२ लाख ७३ हजार ३९५.४५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनाका लागि संस्थाले पुस १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब पुस १३ गतेसम्म कायम सेयरधनीहरु मात्र साधारणसभामा भाग लिन र लाभांशको हकदार बन्न योग्य हुनेछन् ।