काठमाण्डौ । यसपटकको गाडीहरुको कुम्भ मेलामा समेत कोरियन गाडी साङयोङले पनि स्टल राखेको छ । यो कम्पनीको स्टल ग्राहक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । 

नाडा अटो शोको स्टल नम्बर एच १४ मा साङयोङका आधुनिक गाडीहरु आकर्षक छुट र अन्य विभिन्न अफरसहित उपलब्ध रहेका यो गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले जनाएको छ । 

नाडा अटो शोमा साङयोङका विभिन्न ६ मोडलका गाडीहरु प्रदर्शनीमा राखिएको छ । कोरियन लक्जी एसयूभीहरुमा रेक्सटन, कोराण्डो, टिभोली, एक्सएलभी, एक्टियोन स्पोर्ट्स र मुसो तथा एसयूटीका पछिल्ला भर्जनहरु समेत प्रदर्शनीमा राखिएको कम्पनीको प्रष्टोक्ति छ । 
बेस्ट भ्यालूको अवार्ड जितेको मुसो ग्राण्ड नामको गाडी  समेत पहिलोपटक प्रदर्शनीमा राखिएको कम्पनीले जनाएको छ । 

कम्पनीले साङयोङ गाडी किन्ने ग्राहकहरुलाई अत्यधिक छुट र अन्य सुविधाहरुको बग्रेल्ती अफर समेत दिएको छ । कम्पनीले ग्राहकहरुलाई हालै बजारमा आएको सामसङ ग्यालेक्सी नोट टेन अफर गरेको छ । 
यस्तै, गाडी एक्सचेञ्ज गर्न चाहनेलाई उत्कृष्ट ढंगको स्पट एक्सचेञ्ज सुविधा दिने र सो क्रममा पुराना गाडीको उचित मूल्य समेत दिइने कम्पनीले प्रतिबद्धता जनाएको छ । 

यस्तै, साङयोङका गाडी खरीदमा एक वर्षसम्मको बिमा, एकवर्षसम्मको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ताको सुविधा, उचित ब्याजदर र रु. २५ हजारसम्मको एसेसरिज समेत उपलब्ध गराइने कम्पनीले घोषणा गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा नाडामा लञ्च भएको मुसो ग्राण्डमा साङयोङको नयाँ एसयूटी सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो गाडी किन्दा पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा, रु. २५ हजार बराबरको एसेसरिज दिइनेछ । 

साङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन्, जसको मुल कारण कम्पनीका दक्ष ईञ्जिनियरहरु हुन् ।