काठमाण्डौ । नेपाल सिआरएस कम्पनीबाट बितरित आकस्मिक गर्भ निरोधक चक्की ईकन अब एक चक्कीमै  बजारमा उपलब्ध छ ।

विगतमा इकन एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्बेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १।५ एम जि लेभोनोरजेसत्रेल(1.5mg Levonorgestrel) कम्पोजीशनमा इकन  एक चक्कीमा उपलब्ध गराईएको जानकारी कम्पनीले दिएको छ। 

असुरक्षित यौनसम्पर्क भएको १२० घण्टाभित्रको समयमा जतिसक्दो चाँडो ईकन खाइयो, त्यति नै बढी यो प्रभाबकारी रहने कम्पनीले जनाएको छ। 

ईकन आकस्मिक गर्व निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एचआईभी र अरु यौनजन्य रोगहरु सर्नबाट  नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ।

नेपाल सि आर एस कम्पनी सन १९७८ बाट सञ्चालित नाफारहित सामाजिक संस्था हो, जसले परिवार नियोजनका अस्थायी साधनहरु, पुनर्जलिय झोल तथा सुत्केरी सामाग्रीको बिक्री बितरण र प्रबर्धनका साथै दुर्गम सुगम क्षेत्रहरुमा बिभिन्न स्वास्थ्य समस्या का बिरुद्द जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको  छ।