काठमाण्डौ । बढ्दो गर्मी रोक्न धुलो कसरी प्रयोग हुन सक्ला ? आश्चर्य लाग्न सक्छ । अझ भनौँ यो योजना कुनै साइन्स फिक्सनजस्तै लाग्न सक्छ । तर यो सम्भव छ ।

अबको १० वर्षमा पृथ्वीको धुलो नै गर्मी रोक्न उच्च वस्तु बन्न सक्छ । यो योजनाअन्तर्गत हर दिन ८०० भन्दा धेरै ठूलठूला हवाईजहाज लाखौँ टन धुलो पृथ्वीबाट करिब १९ किलोमिटर माथि लगेर स्ट्रेटोस्फियर (समताप मण्डल) मा छर्किनेछ ।

यही धुलोका कारण पृथ्वीको स्ट्रेटोस्फियरमा एउटा धुलोको आवरण बन्नेछ र ठूलो मात्रामा सूर्यको किरण र गर्मी अन्तरिक्षमा फिर्ता पठाइनेछ । यो प्रयोगले पृथ्वीलाई तात्नबाट धेरै हदसम्म बचाउन सक्छ ।

यो कुनै चानचुने योजनाकारको योजना होइन । यो योजनामा हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरु काम गरिरहेका छन् । र, उनीहरुलाई साथ दिइरहेका छन् माइक्रोसफ्टका संस्थापक बिल गेट्स ।

यो योजनाको प्रारम्भिक परीक्षणमा करिब २१ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । यसका लागि न्यु मेक्सिको रेगिस्तानबाट १९ किलोमिटर माथि गएर एएटा साइन्टिफिक बेलुन करिब दुई किलो चुना छर्नेछ । यसले आकाशमा ट्युब आकारका करिब पौने किलोमिटर लामो र १०० मिटर ब्यास बनाउने छ । यो बेलुनमा जडित सेन्सरले ती धुलोका कारण सूर्यको किरणलाई परावर्तित गर्ने दर र यसको आसपासको हावाको प्रभावबारे विश्लेषण गर्नेछ ।

त्यसो त यो प्रयोग अहिले रोकिएको छ । किनकि यसले कतै गम्भीर चेन रियाक्सन हुने होइन भन्ने आशंका गरिएको छ । त्यस्तै यो प्रयोगबाट स्टे«टोस्फियरमा धुल छर्किंदा पृथ्वीको वजनमा त असर गर्दै भन्ने अर्को आशंका पनि गरिएको छ ।

सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबोमा भएको ज्यावालामुखी विस्फोटका कारण यो योजना बनाउने प्रेरणा मिलेको थियो । यो विस्फोटमा ७०० भन्दा बढी मानिसको ज्यान गयो र लाखौँ मानिस बेघर भए तर यसले वैज्ञानिकलाई स्ट्रेटोस्फियरमा हुने बदलावको अध्ययनको गर्ने मौका दियो । त्यतिखेर पनि विस्फोटबाट निस्केको धुलोका कारण पृथ्वीको तापमान ६ महिनासम्म आधार डिग्री घटेको थियो । – एजेन्सी