काठमाण्डौ । एनआइसी एसिया क्यापिटलले आगामी असारमसान्तसम्म नयाँ डिम्याट खाता खोल्दा र मेरो सेयर सुविधा निशुल्क गरेको छ । 

यसैगरी क्यापिटलले वार्षिक नविकरण शुल्कमा ४ मा ५ योजना संचालन गरेको छ । अर्थात ४ वर्षको वार्षिक हितग्राही खाता नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षको लागि खाता नविकरण हुने व्यवस्था मिलाई एक वर्षको खाता नविकरण शुल्क छुट दिइएको छ । आगामी असार मसान्तसम्म लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई पहिलो वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिईएको बताइएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवा सम्बन्धमा कुनै जानकारी वा सोधपुछ गर्नको लागि ग्राहकहरुलाई सहज होस भन्ने उद्देश्यका साथ टोल फ्रि नं. १६६ ०११ २२२२२ को व्यवस्था भएको उल्लेख गर्दै टेलिफोन तथा ईमेल मार्फत प्राप्त जिज्ञासा-गुनासोहरु तुरुन्त समाधान गर्ने व्यवस्था मिलाईएको दाबीसमेत गरेको छ । डिम्याट खाता र मेरो सेयर नवीकरण शुल्क एनआइसी एसिया बैंकका सम्पूूर्ण शाखाबाट सहजै भुुक्तानी गर्न मिल्ने बनाइएको कम्पनीको भनाइ छ ।
क्यापिटलका अनुसार मेरो शेयर तथा हितग्राही खाता निवकरण शुल्क अनलाईन इसेवा,खल्ती तथा कनेक्ट आइपीएस माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको उल्लेख गर्दै एनआईसी एशिया बैंक लिमिटेडको अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेडमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा मेरो शेयर र हितग्राही खाता नवीकरण शुल्क सोझै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बताइएको छ ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले गत जेठ ५ गतेसम्म बन्द बन्दी कायम गरेको तथा नेपाल धितोपत्र बोर्डको बैशाख २ गतेको प्रेस विज्ञप्ति अनुसार आगामी बैशाख ३०  गतेदेखि धितोपत्रको कारोवार खुल्ला गर्ने निर्णय गरेको र कारोवार भएको धितोपत्रहरु अनिवार्य रुपमा इडीआइएस मार्फत राफसाफ गर्ने व्यवस्था मिलाउन निर्देशन भएको जानकारी गराउँदै यस क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेडबाट हितग्राही खाता खोली हाल सम्म पनि मेरो शेयर खाता नलिनु भएका हितग्राहीहरुले एनआईसी एशिया क्यापिटल लिमिटेडको यो लिंक  https://nicasiacapital.com/forms-downloads मार्फत मेरो शेयर रजिष्ट्रेसन आवेदन फारम प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराइएको छ ।
 
उक्त फारम रितपूर्वक भरी क्यापिटलको आधिकारीक ईमेल dp@nicasiacapital.com/info@nicasiacapital.com  मा पठाईएमा तुरुन्त मेरो शेयर खाता खोलिदिने व्यवस्था मिलाईएको हुँदा सम्पूर्ण हितग्राही खाताधारकहरुलाई उक्त सुविधा लिई अनलाईन मार्फत कारोवार गर्न आग्रह गरिएको छ । उक्त आवेदन फारममा गरिएको दस्तखत हितग्राही खाता खोल्दाको दस्तखतसँग मिलान हुनुपर्ने समेत जानकारी गराइएको छ ।