काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजीबजारलाई धेरै ठूलो प्राथमिकता नदिएको देखिएको छ । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले केही पुरानै कुरा गरेर पूँजीबजारको विकासका लागि सरकारको नीतिलाई एउटा छोटो प्याराग्राफमै टुंग्याइदिएका हुन् । 

उनले ऋणपत्रको दोश्रो बजार कारोबार सुरु गरिने, नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण विद्युतीय बनाउने, बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलर संचालनमा ल्याउने र वस्तु विनमिय बजार संचालनको तयारी गरिने बताएका छन् ।

उनले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेजञ्ज र सिडिएस एण्ड क्लियरिङको  संरचनागत सुधार गर्ने समेत घोषणा गरेका छन् ।