काठमाण्डौ । कृषि विकास बैंकले आज(बुधबार)देखि स्वीकृत ५० प्रतिशत हकप्रदका लागि आवेदन खुलाएको छ । 

आफ्ना सेयरधनीका लागि खुलाएको हकप्रदको यो आवेदन आगामी मंसिर ७ गतेसम्म खुल्ला नै रहने बैंकले जनाएको छ । 

कृषि विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद निश्कासन गरेको हो । गत असोज ९ गतेसम्म कृषि विकास बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाले मात्र हकप्रदका लागि आवेदन दिनसक्ने छन् । कृषि विकास बैंकले ५० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति असोज १० लाई तोकेको छ । 

एस क्यापिटल लिमीटेड कृषि बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक रहेको छ । 
इच्छुक सेयरधनीले काठमाण्डौको लालदरबारस्थित एस क्यापिटलको मुख्य कार्यालय, कृषि विकास बैंकका सबै शाखा कार्यालयहरु र एस डेभलपमेन्ट बैंकका सबै शाखा कार्यालयहरुबाट आवेदन भर्नसक्ने छन् । 

५० प्रतिशत हकप्रद जारीपछि कृषि विकास बैंकको चुक्तापूँजी  ११ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यसमध्ये प्रिफरेन्स सेयर ५ अर्ब ४३ करोड र पब्लिक सेयर ५ अर्ब ९० करोड रुपैयाँ रहनेछ । बैंकको अधिकृत पूँजी १८ अर्ब रहेको छ । 

कृषि विकास बैंकको अक्टोबर १८ को मितिमा अन्तिम कारोबार मूल्य प्रति कित्ता ६ सय ७० रुपैयाँ रहेको छ । 

कृषि विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २ अर्ब ५७ करोड रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।