काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडले आजदेखि ३० प्रतिशत हकप्रद निश्कासन गरेको छ । 

एकसय रुपैयाँ अंकित दरका कुल ४९ लाख ३१ ह्जार ८ सय ३५ कित्ता हकप्रद निश्कासन गरिएको हो । 

हकप्रदका लागि सेयरधनीले आगामी कात्तिक २६ गतेसम्म आवेदन दिनसक्नेछन् । 

हकप्रदका लागि बैंकले भदौ ३० गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ भदौ २९ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । 

एनआइबिएल क्यापिटल मार्केट लिमीटेड हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक सेयरधनीले लाजिम्पाटस्थित बिक्री प्रबन्धकको मुख्य कार्यालय, ओम डेभलपमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडका सबै शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

हाल यो बैंकको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर २ अर्ब १३ करोडको उचाईमा पुुगेको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ४३ करोड ३४ लाख खूद नाफा आर्जन गरेको थियो ।