काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको अबितरित २ लाख ५३ हजार बढी सेयर आगामी आज (भदौ ६ गते)देखि बोलकबोलमार्फत बिक्री हुने भएको छ । 

सिद्धार्थ क्यापिट लिमीटेडले मंगलबार बोलकबोलबाट अबितरित सेयर बिक्रीको सूचना प्रकाशित गरेको हो । 

सिद्धार्थ बैंकले गत जेठ २५ गतेदेखि असार २८ गतेसम्म हकप्रद बिक्रीका लागि निश्कासन गरेको थियो । तर, सो क्रममा संस्थापकतर्फका १३ हजार ५ सय ५०.८७ कित्ता र सर्वसाधारणतर्फको २ लाख ४० हजार ३ सय ७१.२६ कित्ता बिक्री भएको थिएन । 

सूचना अनुसार भदौ ६ गतेदेखिलाई शिलबन्दी बोलपत्र पेश गर्ने सुरु मिति तोकिएको छ भने १४ गतेलाई बोलपत्र पेश गर्ने अन्तिम मिति भनिएको छ ।

इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ बोल लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । सिद्धार्थ क्यापिटलको नक्साल, नारायणचौरस्थित मुख्य कार्यालयमा गएर बोलपत्र दर्ता गराउनुपर्नेछ । 

शिलबन्दी बोलपत्र भदौ १५ गते खोलिने सिद्धार्थ क्यापिटलले प्रष्ट्याएको छ । यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ४ सय ४८ रुपैयाँ रहेको छ ।