काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर सस्तोमै उठाउने अवसर आजदेखि खुलेको छ । यो बैंकले संस्थापकतर्फको ४२ हजार १२०.३४ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३३ हजार २ सय ३८.२६ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

कामना सेवा बैंकको अबितरित सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटलले गरिरहेको छ । 

आगामी भदौ १८ गतेसम्म इच्छुकले बिक्री प्रबन्धकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

यो बैंकले असार ११ गतेदेखि साउन १५ गतेसम्म हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । त्यसमध्ये बिक्री नभएको हकप्रद बोलकबोलबाट बिक्री गर्न लागिएको हो । 

इच्छुकले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य राखी तथा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनसक्ने बताइएको छ । 

परेको बोलपत्रहरु भदौ २० गते खोलिने सूचनामा उल्लेख छ ।