काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सोमबारदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता सेयर बिक्रीका लागि खुल्ला गरेको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । काबेलीका सेयरधनीले आगामी असोज २१ गतेभित्र तोकिएको स्थानमा गई सेयर खरीदका लागि आवेदन दिनुपर्नेछ।

हकप्रद सेयरका लागि बिक्री प्रबन्धकको जमलस्थित मुख्य कार्यालय, काबेली विकास बैंकका मुख्य तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु: वीरगञ्ज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवलबाट समेत सेयरधनीले आवेदन दिन सक्नेछन् ।