काठमाण्डौ । रादी विद्युत कम्पनीले सोमबार(आज)देखि ७ करोड ६४ लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो । 

यो कम्पनीको आइपीओमा पुस ६ गतेभित्र आवेदन दिनुपर्नेछ । यो अवधिसम्म माग भएजति आवेदन नपरे पुस १७ गतेलाई आवेदनका लागि अधिकतम मिति तोकिएको छ । 

नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक लगानीकर्ताले देशका ७५ वटै जिल्लामा फैलिएर रहेका आस्वा सेवा संचालनको अनुमति प्राप्त बैंक तथा बित्तीय संस्थाका शाखाबाट आवेदन दिन सक्नेछन् । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८ सय कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

यसअघि यो कम्पनीले बैशाख ५ देखि जेठ ३ सम्म आयोजना प्रभावित स्थानीयका लागि ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । 

रादी विद्युत कम्पनी लिमीटेडले लमजुङमा ४.४० मेगावाट क्षमताको साना रादी जलविद्युत आयोजना संचालन गरिरहेको छ । 

यो कम्पनीको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापुँजी ४१ करोडको उचाईमा पुुग्नेछ ।