काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमीटेडले फागुन १८ गते(आज)देखि २ बराबर १ को अनुपात(५० प्रतिशत)मा हकप्रद सेयरको बिक्री खुलाएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रदको बिक्री खुलाएको हो । 

इच्छुक सेयरधनीले चैत २३ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको माघ ८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको जमलस्थित मुख्य कार्यालय, फ्रस्ट माइक्रोफाइनान्स काठमाण्डौभित्र ज्ञानेश्वर तथा काठमाण्डौ बाहिरका उर्लाबारी मोरङ, चितवनको भरतपुरस्थित शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्वा सेवा संचालनको अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट समेत आवेदन दिन सक्नेछन् । 

यो लघुवित्त संस्थाको हालको चुक्तापूँजी ४५ करोड ६२ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्तापूँजी वृद्धि भई ६८ करोड ४३ लाखको उचाईमा पुुग्नेछ । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा थोक लघुवित्त कर्जा प्रवाह गर्ने यो माइक्रोफाइनान्सले ४ करोड ७६ लाख खूद नाफा आर्जन गरेको छ । दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५५६ रुपैयाँ रहेको छ ।