काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले आज(पुस ८ गते)देखि २१ करोड मूल्यको २१ लाख कित्ता सेयर आइपीओका लागि आवेदन खुलाएको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित दरको सेयरको प्राथमिक निश्कासन गरेको हो ।

पुस ८ बाट खुल्ने आइपीओको आवेदन १२ गतेसम्म बन्द हुनेछ । यो अवधिसम्म पनि माग अनुसारको आइपीओको आवेदन नपरेको खण्डमा दोश्रो चरणमा पुस २२ गतेसम्मका लागि आवेदन गर्न सकिनेछ । 

इच्छुुक सेयरधनीले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

सिनर्जीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा सानिमा क्यापिटल लिमीटेडले बिक्री प्रबन्धक रहेको छ । 

कुल निश्कासन गर्न लागिएकोमध्ये कम्पनीले ६३ हजार कित्ता(३ प्रतिशत) आफ्ना कर्मचारीका लागि, १ लाख ५ हजार कित्ता(५ प्रतिशत) १० म्युुचुुअल फण्डहरुका लागि र बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । 

आइपीओको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुुग्नेछ । हाल यो कम्पनीमा संस्थापक सेयरधनीको ४२ करोड र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ७ करोड लगानी रहेको छ । सिनर्जी पावरको अधिकृत पूँजी ७० करोड रुपैयाँको छ । 

आइपीओ निश्कासन र व्यवस्थापनपछि कम्पनीमा संस्थापक–आयोजना प्रभावित क्षेत्रका बासिन्दा–सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०–१०–३० प्रतिशत कायम हुनेछ । 

यो कम्पनीले दोलखामा १० मेगावाट क्षमताको स्प्रिङ खोला हाइडो प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यसअघि यो कम्पनीले दोलखाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यको आइपीओ जारी गरेको थियो । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था खासै सन्तोषजनक नरहेको भन्ने हुन्छ । 

आवेदन संकलन केन्द्रहरु
१.सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, भगवतीवहाल, नक्साल काठमाण्डौ, फोन :४४४०४३३
२.सानिमा क्यापिटल लिमीटेड, नारायणचौर नक्साल, काठमाण्डौ । फोन : ४४२८९५६
३.सानिमा बैंकका काठमाण्डौ, ललितपुर, भक्तपुर र देशभरका यी शाखा कार्यालयहरु :