काठमाण्डौ । स्वरोजगार लघुवित्त बित्तीय संस्था लिमीटेडले आजदेखि १०० प्रतिशत हकप्रद निश्कासन गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख २४ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो  ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो लघुवित्त कम्पनीको चुक्तापूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ । स्वरोजगारले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई १६.६७ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । बोनस सेयर र सतप्रतिशत हकप्रदपछि  चुक्तापूँजी २४ करोड ४७ लाखको उचाईमा पुुग्नेछ । 
यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ७५५ रुपैयाँ रहेको छ । 

कम्पनीले हकप्रदका लागि असार २८ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ असार २७ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरु हकप्रद भर्न योग्य हुनेछन् ।

हकप्रदका लागि दरखास्त फारम बुझाउन निम्न केन्द्रहरु तोकिएको छ: