काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले आजदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

हकप्रदका लागि सेयरधनीले कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको सेयर भदौं २५ गतेभित्र खरीद गरेका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

नगद लाभांश घोषणामा सेयरधनीलाई धोका दिएको यो कम्पनीको हकप्रद सेयर सबै बिक्ने संभावना निकै न्यून छ । सेयरधनीको हितको बिषयमा कम्पनी गम्भीर नबनेपछि यो कम्पनीको प्रतिष्ठा पछिल्लो समय धूमिल बन्न पुगेको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । 

योग्य र इच्छुक सेयरधनीले आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनको शाखाबाट आवेदन दिन सक्नेछन् । 

सतप्रतिशत हकप्रदको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर २३ करोडको उचाईमा पुग्नेछ ।