काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु.११०० भन्दा बढीमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्सले आज(मंसिर २) देखि ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ ।

यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका २४ लाख २ सय ५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्तापूँजी बढेर ७ करोड २० लाखको उचाई चुम्नेछ ।

यो कम्पनीको कात्तिक १३ गतेभित्र कायम सेयरधनीले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।