काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमीटेडले आज(पुस २७ गते)देखि आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।

आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि खुलेको आइपीओमा माघ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

इच्छुक स्थानीयले न्यूनतम ५० देखि अधिकतम ७ हजार ३ सय ८० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो । 

स्थानीयलाई सेयर बेचेपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब २५ करोडको उचाईमा पुग्नेछ । आयोजना प्रभावितपछि यो कम्पनीले सर्वसाधारणका लागि २२ लाख १४ हजार ६ सय कित्ता आइपीओ निश्कासन गर्नेछ । 

यही कित्तामध्ये कर्मचारीका लागि समेत निश्कासन हुनेछ ।

हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२।२ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ । 

कहाँबाट दिने आवेदन ?

  • सिन्धु विकास बैंक, बाह्रबिसे शाखा
  • सिन्धु विकास बैंक, खाडीचौर शाखा
  • नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखा
  • सिभिल बैंक, बाह्रबिसे शाखा
  • एनआइसी एशिया बैंक बाह्रबिसे शाखा
  • हिमालयन बैंक लिमीटेड, बाह्रबिसे शाखा
  • शिवश्री हाइड्रो लिमीटेड, सिन्धुपाल्चोक