काठमाण्डौ ।  दोश्रो बजारमा भएका धितोपत्र कारोबारमा आज साउन १ गतेदेखि भारित औषत लागत विधीबाट पूजीगत लाभकर गणना सुरु भएको छ।

सिडिएससीले लगानीकर्तालाई जारी गरेको सूचनामा आज साउन १ गतेदेखि धितोपत्र कारोबार गर्ने लगानीकर्ताले लाभकर गणना गर्दा भारित औषत लागत विधीबाट गर्न गराउन भनिएको छ।

आ व २०७६/७७ को बजेटमा व्यवस्था भए अनुरुप प्राकृतिक व्यक्तिको हकमा आजका मितिदेखि  ७.५% बाट घटेर  ५% पूजीगत लाभकर हुने व्यवस्था रहेको छ भने संस्थागत लगानीकर्ताको हकमा १०% नै पूजीगत लाभकर कायम छ । 

२०७२ माघ १ गतेअघि धितोपत्र कारोबारमा डिम्याट लागू भइनसकेकाले सिडिएससीसङ्ग सो मिति अगाडिका कारोबार भएका धितोपत्रको अभिलेख नभएकाले कट अफ डेट अज्ञात नै हुने ठहर्छ र यसमा सम्बन्धित निकाय आन्तरिक राजस्व विभागले समेत कट अफ डेट नतोकिदिदा अन्यौल सिर्जना हुने भएकोले स्वयं बिभागले पनि कट अफ डेट तोकिदिएको छैन । 

सिडिएससीले  लाभकर घोषणा स्वयं लगानीकर्ताको हातमा नै नीहित  रहेकोले आधार मिति सम्बन्धित निकायले उपलब्ध नगराएको जिकिर गर्दै  सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लगानीकर्ताले आफ्नो लागत आफैं घोषणा गर्नुपर्ने जानकारी दिए ।