काठमाण्डौ । धितोपत्र बजार आज सोमबारदेखि खुल्ने भएसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

गत चैतको पहिलो साता आईपीओ बिक्री गरेको यो कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ। 

यसका साथै नेप्सेले पुुर्नबीमा कम्पनीको ओपनिङ रेन्जसमेत तोकेको छ। नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने जनाइएको छ।

आज बिहान १०ः३० देखि १०ः४५ बजेसम्म स्पेसल प्रिओपन सेसनमा पहिलो कारोबार भइसकेपछि मात्र नियमित समयमा यो कम्पनीको धितोपत्र कारोबार हुनेछ। 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो।