काठमाण्डौ । ज्येष्ठ नागरिकले बुधबारदेखि हवाईसेवामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई भाडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । सोहीअनुसार निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई यो सुविधान उपलब्ध गराएको हो ।

सरकारी स्वामित्वको निगमले हवाई भाडामा ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरे पनि अहिले निजी क्षेत्रका एअरलाइन्स कम्पनीहरुले यसबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् ।