काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेर देशकै ठूलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक लिमिटेडको सेयर आज सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मर्जरपछि खुल्न लागेको कारोबार सुरुआती मूल्य (ओपनिङ रेन्ज) प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकेको छ । आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गरेको करिब डेढ महिनापछि जनता बैंकको कुल ७ करोड २० लाख ८७ हजार ८१.१८ कित्ता सेयर ग्लोबल आईएमई बैंकको नाममा गत माघ १ गते नेप्सेमा सूचीकृत भएको थियो । 

जनता बैंकबाट थपिएको कित्तासमेत गरी ग्लोबल आईएमई बैंकको नाममा कुल १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर कारोबारमा आउनेछ।

मर्जर सम्झौतापछि दुवै बैंकको गत असार २२ गतेदेखि दोस्रो बजारमा सयर कारोबार रोक्का थियो।