काठमाण्डौ । दुई विकास बैंक र दुई फाइनान्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ ।

कञ्चन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि यी चारै वित्तीय संस्थाले भोलि मंगलबार (पुस १५ गते) देखि बुक क्लोज गर्दैछन् । यसको मतलब यी चारै वित्तीय संस्थाको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुन आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकले यही पुस २९ गते कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा वार्षिक साधारणसभा गर्दैछ ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५३ करोड १३ लाख रुपैयाँको कुल १७ प्रतिशतले हुन आउने ९ करोड ३ लाख २१ हजार रुपैयाँबराबरको लाभांश पारित हुनेछ ।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ३१ लाख ३० हजार रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने ३ करोड ७१ लाख ९१ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ।

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा पनि यही पुस २९ गते काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा हुँदैछ ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ८.९५ प्रतिशतले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६.९६ रुपैयाँबराबरको (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

यस्तै मञ्जुश्री फाइनान्सको १२ औँ वार्षिक साधारणसभा  पुस २९ गते नै हुँदैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट फाइनान्सले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रसताव गरेको कुल ११.५५ प्रतिशत लाभांश अनुमोदन गर्ने छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९.८० प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ९७ हजार ९००.५८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र १.७५ प्रतिशतले हुन आउने १ करोड ४० लाख ७१ हजार ०५३।६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी आईसीएफसी फाइनान्सले आफ्नो १६ औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौको टंगालस्थित सीएमडी फुडल्यान्डमा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल १३ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ४१ लाख ८ हजार ६२० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै संस्थाले चुक्तापुँजीको ८ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरणको प्रस्ताव गरेको छ ।