काठमाण्डौ । विभिन्न २६ वटा कम्पनीहरुले आज मंगलबार एकैदिन आफ्नो वार्षिक साधारणसभा गर्दैछन् ।

आर्थिक वर्षको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुले वार्षिक साधारणसभा गरिसक्नुपर्ने प्रावधान छ । यही प्रावधानभित्र पर्न पुस २९ गते एकैदिन २६ वटा कम्पनीले साधारणसभा गर्न लागेका हुन् ।

सातवटा विकास बैंक, सातवटा फाइनान्स र आठवटा लघुवित्त कम्पनीहरुले आज साधारणसभा गर्दैछन् । त्यस्तै दुईवटा जलविद्युत्, एउटा होटल र नेपाल दूरसञ्चार कम्पनीले पनि यही दिन साधारणसभा गर्ने तय गरेका छन् ।

आज साधारणसभा गर्ने विकास बैंकहरुमा लुम्बिनी, गण्डकी, ग्रिन, कञ्चन, सांग्रिला, सिन्धु र ज्योति विकास बैंक छन् ।

त्यस्तै युनाइटेड, गुडविल, मञ्जुश्री, सिटी एक्सप्रेस, आईसीएफसी, समृद्धि र गुहेश्वरी फाइनान्सले पनि आज साधारणसभा डाकेका छन् ।

यसैगरी नेपाल सेवा, समता, समिट, फरवार्ड कम्युनिटी, उन्नति, सपोर्ट, मिथिला र विजय लघुवित्तले पनि आज नै वार्षिक साधारणसभा गर्दै छन् ।

यसैगरी वरुण र छ्याङ्दी हाइड्रोपावर कम्पनीले पनि आज वार्षिक साधारणसभा गर्दैछन् । यी कम्पनीमध्ये वरुणले लाभांश प्रस्ताव गरेको छैन भने छ्याङ्दीले बोनस सेयर ५ प्रतिशत र नगद लाभांश ०.२६ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ४५ रुपैयाँ नगद लाभांशसहित आज पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ । तारागाउँ रिजेन्सी होटलले पनि प्रतिकित्ता नगद १२.६३ रुपैयाँ लाभांशसहित सोही दिन वार्षिक साधारणसभा डाकेको छ ।