काठमाण्डौ । आज मंगलबार डलरको भाउ घटेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ ९ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११७.२७ रुपैयाँ र बिक्रीदर ११७.८७ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार डलरको भाउ स्थिर रहँदै ११७.३६ रुपैयाँ र बिक्रीदर ११७.९६ रुपैयाँ कायम भएको थियो।

आज युरो भाउ १२ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३९.१६ रुपैयाँ र बिक्रीदर १३९.८७ रुपैयाँ कायम भएको छ। 

हिजो युरोको भाउ २ पैसाले बढेर प्रतियुरो खरिददर १३९.०४ रुपैयाँ र बिक्रीदर १३९.७५ रुपैयाँ कायम भएको थियो। 

यो दिन पाउन्ड स्टेर्लिङको भाउ ६१ पैसाले बढेको छ। योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.७८ रुपैयाँ र बिक्रीदर १५१.५५ रुपैयाँ कायम भएको छ। 

हिजो पाउन्ड स्टेर्लिङको भाउ २७ पैसाले घटेर प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.१७ रुपैयाँ र बिक्रीदर १५०.९४ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ-