काठमाण्डौ । आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो र पाउन्ड स्टेर्लिङमा आइरहेको गिरावटले निरन्तरता पाएको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ३३ पैसाले बढेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.४४ रुपैयाँ र बिक्रीदर ११८.०४ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार डलरको भाउ ११ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.११ रुपैयाँ र बिक्रीदर ११७.७१ रुपैयाँ कायम भएको थियो। 

आज पनि युरोको भाउ १९ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३७.८३ रुपैयाँ र बिक्रीदर १३८.५४ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार युरोको भाउ ७६ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३८.०२ रुपैयाँ र बिक्रीदर १३८.७२ रुपैयाँ कायम भएको थियो।

पाउन्ड स्टेर्लिङमा आइरहेको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ । आज पाउन्ड स्टेर्लिङको भाउ १.१४ रुपैयाँले घटेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.२७ रुपैयाँ र बिक्रीदर १५१.०४ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि पाउन्ड स्टेर्लिङको भाउ ८० पैसाले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४१ रुपैयाँ र बिक्रीदर १५२.१८ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–