काठमाण्डौ । यो साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको फेरि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा रु. ३०० ले घटेर प्रतितोला छापावाल सुन रु. ७१ हजार ७०० र तेजाबी रु. ७१ हजार ४०० कायम भएको छ । हिजो बिहीबार प्रतितोला छापावाल सुन रु. ७२ हजार र तेजाबी रु ७१ हजार ७०० मा कारोबार भएको थियो । बिहीबार पनि सुनको भाउ तोलामा रु २०० ले गिरावट आएको थियो ।

नेपाली बजारमा यो साता बुधबार भने एकैदिन सुनको भाउ तोलामै रु ८०० ले बढेर प्रतितोला छापावाल रु. ७२ हजार २०० र तेजाबी रु ७१ हजार ९०० कायम भएको थियो । यो मूल्य मंसिर महिना लागेयताकै उच्च हो ।

यसअघि सोमबार र मंगलबार प्रतितोला छापावाल सुन रु ७१ हजार ४०० र तेजाबी सुन रु ७१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनाम सोमबार सुन तोलामा रु. २०० ले घटेको थियो । कारोबारको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन रु ७१ हजार ६०० र तेजाबी सुन रु. ७१ हजार ३०० मा कारोबार भएको थियो ।

उता चाँदीको भाउ भने यो साता कारोबारको अन्तिम दिन शुक्रबार स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भाउ बिहीबार पनि ८५० रुपैयाँमै कारोबार भएको थियो ।