काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार बिहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भइरहेका गतिविधिका बारेमा सम्बोधनका क्रममा जानकारी दिने बताइएको छ। 

नेपालमा दोस्रो कोरोना संक्रमित फेला परेपछि सरकारले ११ चैतदेखि चैत १८ गतेसम्म देशव्यापी लकडाउन गरेको थियो। त्यसछि पुनः संक्रमितको संख्या तीनजनाले बढेपछि सरकारले पहिलो लकडाउनको अवधि एक साता थपेर चैत २५ गतेसम्म पुर्याएको थियो। फेरि हिजो सोमबार सरकारले दोस्रोपटक लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पुर्याएको छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसविरुद्धको लडाइँमा सरकारको साथ दिन र आत्मबल तथा धैर्यधारण गर्न जनतासँग अपिल गर्ने बताइएको छ।