काठमाण्डौ । सुनको भाउमा लगातार भइरहेको बढोत्तरीमा आज सोमबार ब्रेक लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ नै कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ कायम भएको थियो। सुनको यो भाउ नै नेपालको इतिहासमा हालसम्मकै उच्च हो। 

गत सातादेखि सुनको भाउ लगातार बढिरहेको छ। गत साताभरि सुनको भाउ तोलामै ३ हजार ५०० रुपैयाँ बढेको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २३० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार २३० रुपैयाँ कायम भएको थियो।