काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत काठमाण्डौ उपत्यकाका रहेका छन् । 

यो दिन देशभर १२०७ कोरोना संक्रमित थपिए, जसमध्ये काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै ७२४ फेला परेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५८३ संक्रमित थप भएका छन् । 

यस्तै, भक्तपुरमा ६३ र ललितपुरमा ७८ संक्रमित थपिएका छन् । 

संक्रमितको थप संख्यामा मात्रै होइन, यो दिन कुल मृतकमा पनि काठमाण्डौ उपत्यकाले आधा हिस्सा ओगटेको छ । देशभर कोरोनाबाट थप मृत्यु भएको ८ मध्ये ४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । संक्रमित थपिने संख्या र मृत्युको दैनिक ग्राफमा उपत्यकाको हिस्सा बढ्दै जानुले यहाँको अवस्था गम्भीर बनिरहेको पुष्टि गर्दछ । यस्तो बेलामा सर्वसाधारणले स्वास्थ्यका मापदण्डहरु अझ बढी पालना गर्नुपर्ने आवश्यकता देखिन्छ । 

पछिल्लो २४ घण्टामा मृत्यु हुने ८ जना नै पुरुष रहेका छन् । मृतकहरु भक्तपुरका(८८ वर्षीय), ललितपुर(७६), काठमाण्डौ(२० र ७४) रहेका छन् । अन्य मृतकहरु सप्तरी(६३), मकवानपुर(७४), रुपन्देही(७२) र कैलाली(३०) रहेका छन् ।