काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्लीका मुुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीको सिमाना एक साताका लागि पूर्ण रुपमा सिल गर्ने निर्णय गरेका छन् । 

दिल्लीमा उपचार निशुुल्क रहेका काण भारतभरबाट मानिसहरु उपचारका लागि आउनसक्ने भएकाले दिल्लीको सम्पूर्ण सिमा नाका बन्द गर्ने निर्णय लिएको उनले बताए । 

उनले यदि भारतभरका मानिसहरु उपचारका लागि दिल्ली आए दिल्लीवासीका लागि छुुट्याइएको करीब ९ हजार भन्दा बढी बेडहरु भरिने बताए । उनले यो निर्णय लिनुुपूर्व दिल्लीका जनताको सुुझाव लिएका थिए । 

केजरीवालले दिल्ली सरकार कसैको उपचारका लागि नर्कान नसक्ने, तर सुुझाव संकलन गर्दा केही मानिसहरुले दिल्लीका जनताको उपचारका लागि केही बेडहरु रिजर्भ गर्नुु पर्ने सल्लाह दिएको बताए । 

केजरीवालले शुुक्रबार ५ बजे सम्म जनताहरुले यस विषयमा आफ्नो सुुझाव दिन सक्ने बताए र अहिलेका लागि एक साता सम्म दिल्लीका सबै सिमा नाका सिल गर्ने जानकारी दिए । यसका साथै दिल्ली अब खुुल्ने तयारीमा लागेको समेत बताए । केजरीवालका अनुुसार दिल्लीमा निम्न क्षेत्रहरु खुुल्नेछन्:
१. सबै उद्योगहरु
२. सैलुुन र स्कुुलहरु
३. अटो र इ रिक्सा 
४. अब एकभन्दा धेरै मानिसहरु अटो रिक्सामा सवार हुुन सक्नेछन् 
५. राति ९ बजे देखि बिहान ९ बजे सम्म केवल अत्यावश्यक सेवाहरुमा आवद्धलाई मात्रै बाहिर निस्कने अनुुमति प्रदान गरिनेछ ।
६.दिल्लीको कुुन अस्पतालहमा कति बेडहरु खाली छन् भन्ने जानकारी लिनका लागि मोबाइल एप जारी गरिनेछ ।