काठमाण्डौ । प्रत्येक मानिस चाहन्छ कि ऊ कुनै मल्टीनेशन कम्पनी वा कुनै अर्बपतिको उद्योग वा व्यवसायमा काम गर्न सकोस् । तर, यस्तो चाहना राखेर मात्र हुँदैन, केही खास क्षमता हुनेहरुको मात्र यस्तो चाहना पूरा हुनसक्छ । खासमा यस्ता ठूला कम्पनी र अर्बपतिहरुले आफ्ना कर्मचारीमा खास क्षमता खोज्छन् वा खास क्षमता भएकाहरुलाई मात्र कर्मचारीको रुपमा भर्ति गर्न मन पराउँछन् । विश्वका सर्वाधिक धनी तथा अमेजनका मालिक जेफ बेजोस पनि यस्तै सोचका साथ काम गरिरहेका छन् । हालै एक मिडियालाई दिएको अन्तर्वार्तामा बेजोसले यस्तै ४ क्षमताको बिषयमा बताएका छन्, जुन क्षमता उनी आफ्ना कर्मचारीमा खोज्छन् । तपाई पनि आफूमा उनले बताएका यस्तै क्षमता छ छैन जाँच गर्न सक्नुुहुन्छ । 

निरन्तर सकारात्मक काम
जेफ बेजोसले सिएनबिसीलाई दिएको अन्तर्वार्तामा उनले आफ्ना कर्मचारीको त्यो पक्ष सबैभन्दा बढी मन पराउने बताएका छन्, जुन कर्मचारीको परफरमेन्स निरन्तर उकालो लागिरहेको होस् । यसको अर्थ जुन कर्मचारी अधिकांश  समय सकारात्मक काम गरिरहेको हुन्छ, त्यस्तो खुबी आफूलाई औधी मनपर्ने बेजोसले बताएका छन् । उनका अनुसार यस्ता कर्मचारी कुनै पनि कम्पनीका लागि निकै महत्वपूर्ण बन्न सक्छन् । 

सधैं राम्रो प्रतिफलको कोशिश
बेजोसका अनुसार ती व्यक्ति कम्पनीलाई अगाडि बढाउन विशेष साबित हुनेछन्, जो सधैं राम्रो प्रतिफल दिने कोशिश गरिरहेका हुन्छन् । यस्ता कर्मचारी स्मार्ट नै हुनुुपर्छ भन्ने कुनै जरुरत नरहेको बेजोस बताउँछन् । कैयौ समयमा स्मार्ट मानिस समेत यस्तो मामलामा गलत साबित हुनसक्छन् ।

चुनौतिबाट नडराउने
बेजोसले कर्मचारीमा हुने अर्को खुुबीको बिषयमा समेत चर्चा गरेका छन् । उनी त्यस्ता व्यक्ति मन पराउँछन्, जो राम्रो प्रतिफलका लागि मुश्किल र चुनौतिपूर्ण बाटोमा हिँड्न समेत तयार हुन् । उनले यस्ता व्यक्तिलाई कर्मचारीको रुपमा छनौट गर्नुअघि तिनीहरुको विगत समेत हेर्ने गरेको बताएका छन् । 

आउटपुटमा फोकस
बेजोसले भनेका छन् कि त्यस्ता मान्छे उत्तम हुन्छन्, जो आउटपुटमा फोकस होस् । उनले आफ्नो इनपुटमा फोकस गर्नुको साटो आउटपुटलाई बढाउनुपर्ने जिकिर समेत गरेका छन् । यसबाट कम्पनीले अधिक ग्रोथ हासिल गर्ने संभावना बढ्छ ।