काठमाण्डौ । तपाइँको मासिक वा वार्षिक आम्दानी कति छ ? तपाइँ आसपासका मानिसलाई निकै चासोको विषय बन्न सक्छ । अझै भन्ने हो भने तपाइँको आम्दानीले नै तपाइँको शान बढाउँछ । यदि तपाइँको आम्दानी छैन भने सायदै तपाइँलाई कसैले सोधपुछ गर्नेछन् तर यदि तपाइँको आम्दानी राम्रै छ भने तपाइँका आसपास उनीहरु ‘फूलमा माहुरी झुमिएजस्तै’ अगाडि–पछाडि लाग्छन् ।

श्रीमतीसँग आफ्नो आम्दानीको चर्चा गर्नु कुनै नौलो कुरा होइन । छोराछोरीले आफ्ना अभिभावकको आम्दानीको धाक लगाउनु पनि ठूलो कुरो मानिँदैन । अझ भनौँ विवाहका बेला आफ्ना अभिभावकले छोरा–छोरीको कमाईको चर्चा गर्नु फेसनजस्तै बनिसकेको छ । यदि तपाइँ जागिर परिवर्तन गर्दै हुनुहुन्छ भने पुरानो कार्यालयका सहकर्मीले ‘नयाँ ठाउँमा कति तलब दिन्छ त’ भनेर सोधेर हैरान नै पार्ने गर्छन् । यदि भनेनौँ भने उनीहरुले ‘यो त ठूलो भएछ’ भन्न पनि बेर लगाउँदैनन् ।

अब विचार गरौँ के आफ्नो आम्दानीको खुलासा गर्दा राम्रो होला त ? यसका विषयमा चर्चा गरौँ :–

भनिन्छ– पैसाले दुस्मनी बढाउँछ । तपाइँ राम्रो आम्दानी गर्नुहुन्छ भने तपाइँ आसपासका इष्टमित्र र आफन्तले तपाइँसँग सहयोगको अपेक्षा गरेका हुन्छन् । यदि तपाइँले राम्रै कमाइ गर्नुहुन्छ र त्यसबाट चाहिएको बेला आफ्ना इष्टमित्र र आफन्त सहयोग गर्नुहुन्न भने उनीहरु चिडिन सक्छन् । तर यदि तपाइँले उनीहरुलाई पैसा भनेको बेलामा फिर्ता गर्ने सर्तमा सहयोग गर्नुभयो भने यसले पनि दूरी बढाउन सक्छ । किनकि यस्तो सहयोगलाई उनीहरुले चाहिएको बेला हारगुहार गर्छन् तर फिर्ता गर्नुपर्दा बेवास्ता गर्छन् । त्यतिबेला तपाइँले दुःख गरेर कमाएको पैसा उठाउन निकै कसरत गर्नुपर्ने हुन्छ ।

तपाइँको कमाइको जानकारी पाएकाहरुले तपाइँको वित्तीय योजनामा दख्खल दिन थाल्छन् । उनीहरुले तपाइँले यस्ता विलासिताका वस्तु किन्न बाध्य पार्छन्, जुन तपाइँलाई यसअघि किन्नै मन लागेको थिएन । यदि तपाइँले कसैलाई कुनै उपहार दिनुभयो भने त्यसमाथि तपाइँको आम्दानीलाई जोडेर हेर्न थाल्छन् । अनि भन्न सक्छन् कि तपाइँले अझै राम्रो उपहार दिन सक्नुहुन्थ्यो । कसैले तपाइँको आम्दानीलाई लिएर आफ्ना सम्पत्तिको सही तरिकाले परिचालन गर्न नसकेको आरोपसमेत लगाउन पछि पर्दैनन् ।

यदि तपाइँको आम्दानीका बारेमा अरुलाई थाहा छ भने उनीहरुले तपाइँको गतिविधिका बारेमा नकारात्मक टिप्पणी गर्न थाल्छन् । उदाहरणका लागि यदि तपाइँको राम्रो आम्दानी छ र तपाइँले एउटा राम्रो कार किन्नुभयो भने उनीहरु तपाइँलाई पैसा उडाउन थाल्यो भन्छन् । त्यस्तै यदि तपाइँ सार्वजनिक गाडीमा हिँड्नुहुन्छ भने उनीहरु तपाइँलाई कन्जुस पनि भन्न पछि पर्दैनन् ।

तपाइँ आम्दानीअनुसार आफ्नो खर्चमा नियन्त्रण राख्न सक्नुहुन्छ । यदि तपाइँको आम्दानी वार्षिक ५ लाख रुपैयाँ छ भने सबैलाई थाहा छ । तपाइँ कुनै विवाहमा १० हजार रुपैयाँको उपहार लिएर जानुहुन्छ भने तपाइँलाई सबैले राम्रो मान्छन् । तर यदि कसैले होइन यसले वार्षिक ५० लाख कमाउँछ भन्छन् भने यही उपहार तपाइँको उपहासको विषय बन्न सक्छ ।

जीवनयापन कसरी गर्ने भन्ने निर्भरता तपाइँमै रहन्छ । तपाइँ कुन गाडी चढ्नुहुन्छ, कस्ता लुगा लगाउनुहुन्छ र बिदाका समयमा कता घुम्न जानुहुन्छ त्यो तपाइँको कमाइमा निर्भर हुन्छ । यदि तपाइँको कमाइ राम्रै छ तर सादा जीवनयापन मनपर्छ भने आफ्नो कमाइबारे कसैलाई नभन्नुहोस् । जसले गर्दा तपाइँमाथि कसैले टिकाटिप्पणी गर्न सक्दैनन् ।

राम्रो आम्दानीबाट तपाइँ आफ्नो हबी पूरा गर्न सक्नुहुन्छ । आफूले चाहेअनुसार अरुलाई चन्दा पनि दिन सक्नुहुन्छ । आफ्नो परिवारलाई लिएर कुनै राम्रो ठाउँमा बिदा मनाउन पनि जान सक्नुहुन्छ । यदि तपाइँको आम्दानीबारे कसैलाई थाहा छैन भने यस्ता गतिविधिमा कसैले रोकटोक पनि गर्दैनन् । – एजेन्सी