►बाबार जैदी, इकोनोमिक टाइम्स
नयाँदिल्ली । के तपाई यस्तो जागिर खान चाहनुुहुन्छ, जहाँ तपाईले घण्टौ काम गर्नुपर्छ । कुनै विदा हुँदैन, प्रोमोसनको चान्स पनि हुन्न । न कुनै विकेण्ड, न कुनै तलब आउने खास दिन । किनभने यस्तो कामबाट तपाईलाई कत्ति पनि तलब प्राप्त हुनेवाला छैन । 

आश्चर्यमा नपर्नुहोस्, दुनियाँमा आमा मात्र त्यस्ता व्यक्ति हुन्, जो यी कुनै पनि सुविधाबिना नै बिना गुनासो काम गरिरहेकी हुन्छिन् । हो हामी सहमत छौ कि आमाको ममताको कुनै मूल्य नै हुन्न, न त उनको जिम्मेवारीलाई कुनै जागिरसँग नै तुलना गर्न सकिन्छ, जुन अतुलनीय छ । तर, यदि आमाको कामलाई कुनै जागिरको रुपमा हेर्ने हो भने त्यति धेरै खट्ने व्यक्तिले कति कमाउला ? हामीलाई यो रमाइलो कुरा खोज्न मन लाग्यो । 

त्यसो त २०१७ कि मिस वल्र्ड मानुुषी छिल्लरले भनेकी थिइन् कि आमा मात्र त्यस्ती पात्र हुन्, जो सबैभन्दा बढी तलबको हकदार छिन् । तर, तीतो सत्य, आमाको दिनभरिको खटाई र मेहेनतलाई कसैले पनि कामको दर्जा दिंदैन, न त उनको कुनै तलब नै हुन्छ । भलै, हाकिमले जस्तो आमालाई हुकुम दिने व्यक्तिको कमी हुँदैन परिवारमा । 

अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्टद्वारा सन् २०११ म गरिएको एक अध्ययनअनुसार एक भारतीय महिला औसतमा हरेक दिन ६ घण्टा अनवरत खट्छिन् । अर्थशास्त्रीहरुको भनाईमा भलै उनको काम अनपेड(पैसा नपाइने जागिरजस्तो) हो, तथापि होममेकर्सद्वारा गरिएको यस्तो कामलाई आर्थिक गतिविधिमा स्थान पाउन आवश्यक छ र हरेक देशको राष्ट्रिय आयमा आमाको मेहेनतको मूल्य सामेल गर्न आवश्यक छ । तर, दुुर्भाग्य आमाको यो महत्वपूर्ण भूमिकालाई नजरअन्दाज गरी हामी हाम्रो अर्थव्यवस्थामा महिलाको योगदानलाई बेवास्ता गरिरहेका हुन्छौ । 

कति तलब चाहिएला ? 
मिस वल्र्ड मानुुषीले सबैभन्दा धेरै तलब आमालाई प्राप्त हुन आवश्यक छ भन्ने उत्तरले फेरि एकपटक आमाको तलब कति हुनुपर्ला भन्ने बहसलाई ताजा बनाइदिएको छ । इकोनोमिक टाइम्सले यो बिषयमा रिसर्च गरेको छ र शहरमा बस्ने एक मध्यम वर्गको परिवारकी होममेकर(घर सम्हाल्ने महिला)लाई प्रतिमहिना ४५ हजार भारु तलब दिइनुपर्ने देखिएको बताएको छ । 

गृहिणीको तलब
दुुई बच्चालाई १२ देखि १४ घण्टासम्म हेरविचारका लागि भारु १२ हजार तलब । ३ देखि ४ जनाका लागि खाना बनाएबापतको तलब मासिक ६ हजार भारु । घरको सरसफाई र कपडा धुनेसम्मको कामका लागि मासिक ३ हजार भारु । घरको बजेट सम्हाल्न, खर्चलाई ध्यानमा राख्न र सबै व्यवस्थापन गरेबापतको तलब ४ हजार भारु । बच्चा र परिवारका वृद्धवृद्धा बिरामी हुँदा हेरचाह गरे बापत मासिक तलब ६ हजार भारु । बच्चालाई पढाउने, उनीहरुको स्कूलको काममा सहयोग गरेबापतको मासिक तलब ६ हजार भारु । बालबच्चालाई घुमाउने र अन्य गन्तीमा नआउने कामका लागि मासिक तलब ८ हजार भारु । यसरी कुल भयो ४५ हजार भारु । यदि प्रत्येक वर्ष १० प्रतिशतको दरले तलब बढ्छ भनेर मान्ने हो भने गृहिणीको तलब कति होला ? आफै हिसाब गर्नुहोस् ।