काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडको खूद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीले ६ अर्ब ३४ करोड नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ७ अर्ब ४८ करोड रहेको थियो । यो हिसाबले खूद नाफा १५.२५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा रिजर्ब २०.७८ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ७५ अर्ब ३४ करोडमा सीमित रिजर्ब बढेर यो वर्ष ९० अर्ब ९९ करोडको उचाईमा पुगेको छ ।

कम्पनीको दीर्घकालीन लगानी ३८ अर्ब ६८ करोडबाट बढेर ४६ अर्ब ७१ करोडको उचाईमा पुगेको छ ।

कम्पनीमा नगद उपलब्धताको अवस्था घटेको छ । अघिल्लो वर्ष २६ अर्ब ३० करोड रहेको नगद घटेर यो वर्ष २२ अर्ब ७५ करोडमा सीमित बनेको छ। 

सेवाबाट हुने आम्दानी समेत घटेको छ । अघिल्लो वर्ष १९ अर्ब ७० करोड रहेको यस्तो आम्दानी घटेर १८ अर्ब ४४ करोडमा सीमित बन्न पुगेको हो । 

अन्य आय भने २ अर्ब ६६ करोडबाट बढेर ३ अर्ब २६ करोडको उचाईमा पुगेको छ । 

खर्च १२ अर्ब ३४ करोडबाट बढेर १२ अर्ब ६० करोड पुगेको छ । 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९९.७७ रुपैयाँबाट घटेर ८४.५५ रुपैयाँमा सीमित भएको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७०६.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.७५ गुणा कायम भएको छ ।