काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुुङबासीका लागि १५ लाख कित्ता बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुुन २७ गतेबाट आइपिओ निष्कासन गर्ने भएको हो । 

आइपिओमा छिटोमा चैत ११ गतेभित्र र ढिलोमा चैत्र २६ गतेभित्र आवेदन दिइसक्नुुपर्ने बताइएको छ ।  
इच्छुुक आवेदकले न्युनतम १० कित्तासम्म र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रति कित्ता सेयरको निष्कासन मूल्य रु १०० तोकेको छ । 

कम्पनीको आयोजना क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम अति प्रभावित क्षेत्र लमजुुङ जिल्लाको दोर्दी गाउपालिका वडा न.६ र ७ मा स्थायी बसोवास गर्ने स्थानीय बासिन्दाका लागि छुुट्याइएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै प्रभावित क्षेत्र दोर्दी गाउपालिका बाँकी वडा र वेशीशहर नगरपालिका वडा न. ११ का स्थायी बसोवास गर्ने बासिन्दालाई छुुट्याइएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर र कम प्रभावित उल्लेखित क्षेत्र बाहेक लमजुुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ३३.३३ अर्थात ५ लाख कित्ता सेयर गर्ने भएको छ । 

कम्पनीको प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।