काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।

आईपीओ सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। आईपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन्। बाँकी ९७ हजार ३४४ जना आवेदक खाली हात भएका छन्। यो आईपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदका लागि आवेदन परेको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ताबराबरको आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको थियो।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता सेयर बिक्री नभएपछि उक्त सेयरसमेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता सेयर बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ। 

आइपीओको रिजल्ट यसप्रकार छ :