काठमाण्डौ । चार महानगरमा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जस अनुसार तीन महानगरमा एमाले अग्रता कायम छ भने एक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । 

चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकामा एमालेले करिब ४ हजार मतले अग्रता लिएको छ । मेयरमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले २५ हजार ४ सय ९३ मत ल्याएका छन् । उनलाई माओवादी केन्द्रकी रेणुु दाहालले २१ हजार ८ सय ४७ मतले पछ्याइरहेकी छिन् । 

पोखरा लेखनाथ महानगरमा पनि एमालेले ४ हजार बढी मतको अग्रता लिएको छ । मेयरमा एमालेका उम्मेद्वार मानबहादुर जिसीले २८ हजार २ सय २२ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले २४ हजार १ सय ८४ मतले पछ्याइरहेका छन् । 

सबैभन्दा पुरानो महानगरमा काठमाण्डौमा एमालेले करिब ११ हजार मतको अन्तरले अग्रता लिएको छ । यहाँ एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३७ हजार ९ सय १३ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २७ हजार ३७ मतले पछ्याइरहेका छन् । तेश्रो स्थानमा भएकी विवेकशीलकी रञ्जुुले १४ हजार १ सय १ र चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १० हजार ७ सय १७ मत ल्याएका छन् । 

ललितपुर महानगरपालिकामा भने कांग्रेसको अग्रता कायम छ । यहाँ कांग्रेसका मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले २२ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले २१ हजार ६ सय १४ मतले पछ्याइरहेका छन् ।