काठमाण्डौ । ताइवानको टेक्नोलोजी कम्पनी आसुसले दुईवटा स्क्रिन भएको ल्यापटप आसुस आरओजी जेफ्रुअस ड्यूओ-१५ लञ्च गरेको छ। 

यो ल्यापटप मल्टि टास्किंग गर्ने वा गेम लभर्सका लागि निकै विशेष रहेको बताइएको छ । 

कम्पनीको भनाईमा यो ल्यापटपको सेकेण्डरी डिस्प्ले ती प्रयोगकर्ताका लागि हो, जो स्टीमिंग, च्याटिंग, गेम वा मल्टि टास्किंगका लागि दुईवटा स्क्रिन प्रयोग गर्दै आइरहेका थिए । 

यो आसुस ल्यापटपमा एक्टिभ कुलिंग सिस्टम लगायतका सिस्टम राखिएका छन् । 

यो ल्यापटप नयाँ Core i9-10980HK सीपीयू तथा GeForce RTX 2080 सुपर जीपीयूमा आधारित छ । 

आसुसको यो ल्यापटपमा १५.६ इञ्चको प्राइमरी डिस्प्ले दिइएको छ । जसले फोर के रेजुलेसनलाई सपोर्ट गर्छ । ल्यापटपको सेकेण्डरी डिस्प्ले भने १४ इञ्चको छ, जसको रेजुलेसन ३८४०x११०० पिक्सेल रहेको छ । 

सेकेण्डरी डिस्प्ले किबोर्डको ठीक माथि राखिएको छ, जसको उपयोग स्क्रीनप्याडको रुपमा समेत गर्न सकिनेछ । 

यसको सेकेण्डरी स्क्रीन टचले समेत सपोर्ट गर्छ । यसलाई १३ डिग्रीसम्म उठाउन सकिन्छ, जसबाट निकै राम्रो भिजिबिलिटी प्राप्त हुनसक्छ । 

नयाँ ल्यापटप केवल २१० एमएम पातलो छ, यसको वजन पनि मात्र २.४ केजी छ । यो ल्यापटपमा १६ जीबीको र्याम प्राप्त हुन्छ, जसलाई किनेर ३२ जिबीसम्मको बनाउन सकिन्छ ।