काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसअनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले अग्रतालाई केही बढाएका छन् । 

उनले हालसम्म ९८६६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले ९५७६ मतले पछ्याइरहेका छन् । 

उपमेयरमा एमालेले ९५१४ मत ल्याएको छ भने कांग्रेसको ८२५८ मत छ ।